Search
Close this search box.
Search
Close this search box.

रोङका शिक्षकलाई अनिवार्य प्राविधि कक्षा

रोङ।

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकका लागि प्रविधि कक्षा लिन अनिवार्य गरेको छ।

प्रविधिको सिकाइ नहुँदा विद्यार्थीले पनि प्रविधि सिक्न नपाएको भन्दै गाउँपालिकाले पहिला शिक्षकलाई प्रविधिमा दक्ष बनाउन पहल थालेको हो।

‘रोङका हरेक विद्यालयमा कम्प्युटरलगायत अन्य थुप्रै डिभाइस कामविहीन भएका छन्। यहाँको डिभाइसलाई मात्र चार करोड बढी रकम खर्च भएको छ। तर ती डिभाइस चलाउने दक्ष शिक्षक छैनन्’, गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले भने,‘अब हरेक विद्यालयका हरेक शिक्षकलाई दश हप्ताको प्रविधिसम्बन्धी पाठ्यक्रम बनाएर शिक्षालाई अनिवार्य गरेका छौँ।’

पालिकाले प्रविधिसम्बन्धी दश हप्ते कोर्षलाई दुई महिना दिने तयारी गरिएको जनाएको छ। हरेक विद्यालयमै प्रविधि पढाइ गर्ने तयारी हुँदै गरेको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए।

‘यहाँको सबै शिक्षकलाई कम्प्युटर जानेको छ, छैन भनेर छ महिनाअघि नै पत्राचार गरेका थियौँ’, उनले भने,‘सबैबाट जवाफ आएन, जानेकाले पनि कम्प्युटर खोल्न र बन्द गर्नमात्र जानेका छन्, नयाँ प्रविधि थाह छैन। शिक्षकलाई दक्ष बनाउँदा विद्यार्थी पनि प्रविधिमा दक्ष हुन्छन्।’ गोरखापत्र दैनिकबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *