Search
Close this search box.
Search
Close this search box.

रोङको कोल्बुङमा ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

इलाम। इलामको रोङ गाउँपालिका ३, कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मेची राजमार्गबाट मार्से जाने सडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षे रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ ।

त्यही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक विष्णुबहादुर खड्काले बताए । ट्यांकर चालक ३६ बर्षका मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *