Search
Close this search box.
Search
Close this search box.

रोङमा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते

रोङ। इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको छ ।

घटनास्थलमा मृत अवस्थामा फेला परेका व्यक्ति भ्यान चालक इलाम देउमाई नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २४-२५ का दीपेश राई रहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगुले बताए । त्यस्तै दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका-५ बस्ने वर्ष अन्दाजी २५-२६ का विश्वास राई घाइते अवस्थामा फेला परेका छन् । शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडी धनी इलाम नगरपालिका-५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरूलाई जानकारी गराइएको र गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए ।

इलामको रोङ गाउँपालिका-४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साइड भिरबाट पल्टिई दुर्घटना हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *