रौतहटमा आजराति देखि २५ दिनका लागि निषेधाज्ञा जारी

वीरगञ्ज । चाड पर्वमा हुनसक्ने भिडभाडलाई लक्षित गर्दै रौतहट प्रशासनले जिल्लामा २४ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । 

EPIC

जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार एउटा सूचना जारी गर्दै जिल्लामा कात्तिक २१ गते मध्यरात १२ बजेदेखि अगामी मंसिर १७ गते मध्यराति सम्म २५ दिनको लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा हालसम्म १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको र १७४ जना अहिले पनि सक्रिय कोरोना संक्रमितहरु रहेकोले समुदाय स्तरमा कोरोना नफैलोस भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

तिहार, छठ तथा वाग्मती नदीको पूर्णिमा स्नान गर्ने लगायतका चाडपर्व नजिकिएकाले प्रशासनले भिडभाड नहोस् र कोरोना संक्रमण नफैलोस् भनी शुक्रवार रातिदेखि निषेधाज्ञा जारी गरेको बताएको छ । 

EPIC EPIC EPIC

जिल्ला प्रशासन कार्यालय रौतहटले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा खेल तमासा, नाचगान, जात्रा, महोत्स, भोजभतेर, हाटबजार, विभिन्न धार्मिकस्थलमा पूजापाठ तथा धार्मिक गतिविधि, चार्डपर्वको अवसरमा गरिने साँस्कृतिक तथा सामाजिक कार्यहरु, सिनेमाघर, सैलुन, होटल, रेस्टुरेन्ट पार्टीप्यालेसलगायतको कार्य गर्न गराउन निषेध गरिएको उल्लेख छ ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar