अमेरिकाको लस एन्जलस जंगलमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।
लस एन्जलस काउन्टीको मेडिकल एक्जामिनरलाई उधृत गर्दै आगलागीमा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।
मृतकमध्ये अहिलेसम्म तीन जनाको मात्र पहिचान भएको छ।
चार दिनदेखि जारी भीषण आगलागीले लस एन्जलस सहरलाई तहसनहस पारेको छ।
कैयौँ घर खरानी भएका छन्। आगो निभाउने प्रयास जारी छ तर सफल हुन सकेको छैन।