Search
Close this search box.
Search
Close this search box.

लाइन विस्तारपछि गाउँले दङ्ग

जाजरकोट ।  जिल्लाको नलगाड नगरपालिका ८, हल्चौरमा विद्युत्‌को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिब पाँच सय घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा सुरु भएको हो । स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।

गाउँमा विद्युतीकरण भएसँगै हल्चौरका बासिन्दा खुसी भएको नलगाड ८ का रामप्रसाद खत्रीले जानकारी दिए । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *