लागुपदार्थ बिरुद्धको दिवसमा मनकामना कलेजमा “माइम शो”

बिर्तामोड| अन्तर्राष्ट्रिय लागु पदार्थ तथा ओसारपसार बिरुद्धको दिवसको अवसरमा मनकामना क्याम्पस बिर्तामोडका विद्यार्थीहरुले सन्देशमुलक ‘माइम शो’ प्रस्तुत गरेका छन्।
‘माइम-शो’ बिना शब्द पार्श्व संगीतलाई ध्यान दिइ कलाकारको परिचय नखुलाई प्रस्तुत गरिने अभिनय हो। यो हेर्दा नाटक जस्तै देखिपनि कलाकारले बिना शब्द अभिनय गर्दछन।

बिद्यालय जादै गरेका विद्यार्थीहरु कसरी लागु पदार्थमा लिप्त हुन्छन् र प्रहरी फन्दामा पर्छन् भन्नेबारे माइममा प्रस्तुति दिएको सोहि कलेजमा सामाजिक कार्य(सोसल वर्क) बिभागमा अध्ययनरत छात्र प्रबिन गौतमले जानकारी दिए।
माइमको निर्देशन छात्रा अनुषा लिम्बुले गरेकि थिइन् भने पार्श्व संगीत रिदम सङ्रौलाले तयार पारेका थिए।
मनकामना क्याम्पस सामाजिक कार्य बिभागले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रहरी निरिक्षक होमराज दाहालले लागुपदार्थ विरुद्ध सबैले हातेमालो गर्नुपर्ने बताए।

EPIC EPIC EPIC

उनले लागुपदार्थ सेवनले समाजमा देखिएका समस्या र त्यसलाई रोक्न भइरहेका प्रयासबारे सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए।
उनले किशोरावस्था बाटै यस बाट टाढा बस्न विद्यार्थीहरुलाई सुझाव दिदै कसैलाई पनि यसको कुलतमा नपर्न आग्रह गरेका थिए।

लागुपदार्थको सेवनबाट कुनै पनि किसिमको फाईदा नहुने बताउदै निरीक्षक कोइरालाले भने, “एक त आफ्नो ज्यान बिग्रीयो,पैसा सकियो अर्कोतर्फ परिवारको बिचल्लि, समाजले हेर्ने दृष्टिकोण नराम्रो हुन्छ भने यसका पछि किन लाग्ने?”

कार्यक्रमको समापन गर्दै क्याम्पसका एकेडेमीक को-अर्डिनेटर कुमार थपलियाले बिद्यार्थीहरुको प्रयासको प्रशंसा गर्दै लागुपदार्थ बिरुद्ध एकजुट भएर लाग्न सबैमा अनुरोध गरेका थिए।
उनले बिभागीय बिद्यार्थीहरुको प्रशंसा गर्दै विद्यार्थीको चौतर्फी बिकासकालागी क्याम्पसले कुनै कसर बाकी नराख्ने बताए।

कार्यक्रमको संचालन विद्यार्थी अर्चना अधिकारीले गरेकि थिइन भने रोनित बरालले स्वागत मनतव्य राखेका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई,शिक्षकहरु गोपाल काफ्ले,बिष्णु लामिछाने लगायत स्नातक र मावि तहका बिद्यार्थीहरुको सहभागिता रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *