लाल सलाम कम्रेड
तिमी पनि एक्लै आएछौ
अनि एक्लै गएछौ ,
हामीलाई पत्तै दिएनौ ।
मुनामदन मा भोट हिडेथ्यौ
खै अहिले ति भेल सङ्गै कता हिड्यौ या लखेटियौ,
अत्तै भएन ।
यहाँ भेलमा माछा मार्ने हजारौं
माझीहरु आए ,
आईरहने छ्न अनि गई नै रहनेछ्न,
तर तिम्रो सुबास भरिएको एउटा पोको
कसैले बोक्नै जानेनन !!
एउटा ढुङ्गो तिम्रो अस्तित्वको पैरवी बनी
दोबाटोमा कुरि रहेछ
कहिले सपनिमा त कहिले बिपनीमा,
अपरिचित कोहि त्यहीँ ठेस लागि
आजपनि पाखुरोमा ब्याण्डेज बाँधी
झसङ्ग हुँदै मुठी उचालिरहेछ अनि
भनिरहेछ “लाल सलाम कम्रेड” !!
✍️ सुरज खनाल ❤️