Search
Close this search box.
Search
Close this search box.

लेनदेन विवादमा युवकको हत्या, आरोपित पक्राउ

काठमाडौं । लेनदेन विवादमा धादिङमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङकै खनियाबास गाउँपालिका–१ झार्लाङका २४ वर्षीय नेशन तामाङ छन् । उनले सोही ठाउँका ४५ वर्षीय रामबहादुर तामाङको हत्या गरेको आरोप छ । नेशन र सोही ठाउँका ४५ वर्षकै खलासे तामाङले लेनदने विवादमा रामबहादुरलाई निर्घात कुटपिट गरेको आरोप छ ।

कुटपिटबाट १४ पुसदेखि गम्भीर घाइते भएका रामबहादुको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल धादिङबेशी हुँदै मनमोहन अस्पताल स्वयम्भूमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । कुटपिटको आरोप लागेका खलासे भने फरार छन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *