लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले यही कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

EPIC

आयोगको आज (सोमबार) बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतको आदेश तथा आयोगभित्रै संक्रमण फैलिएपछि परीक्षा सञ्चालन गराउन नसक्ने अवस्थामा आयोगले जनाएको छ । 

परीक्षामा सम्मिलित हुने उम्मेदवारमा सिर्जना भएको भय एवं आयोगका कर्मचारी समेत कोरोना संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखा समेत बन्द गर्नु परेको, कर्मचारी आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउनु एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भएको आयोगले जनाएको छ । रेडियो कान्तिपुरमा खबर छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar