दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।
नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको भएको हो।
५३ वर्षीय चौधरी मिर्गौला र कलेजो रोगबाट पीडित थिए ।
यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्य थिए।