Search
Close this search box.
Search
Close this search box.

वडा नम्बर १ (ए) फाइनलमा

तीर्थ तिम्सिना,बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट सुरु भएका छन् ।

त्रिभुवन माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई ३-० को गोलले पराजित गर्दै वडा नम्बर १(ए) फाईनलमा प्रवेश गरेको छ ।

यसअघि वडा नम्बर ६ ले ३ लाई १-० ले र वार्ड १ (ए) ले वडा नम्बर ४ लाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै दोस्रो तथा अन्तिम सेमिफाइनलमा भोलि (बिहिबार) वडा नम्बर ७ र २ भिड्नेछन् । वार्ड ७ ले वडा १ बि लाई र २ ले वडा ५ लाई पराजित गरेर सेमिफाइनलमा प्रबेश गरेको बुद्धशान्ति खेलकुद बिकास समितिका संयोजक शम्भूप्रसाद पौड्यालले बताएका छन् ।

स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिका/नगरपालिकामा आयोजना हुने फुटबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

फुटबल खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । बुद्धशान्ति गाउँपालिकाले पहिलो पटक आयोजना गरेको उक्त खेल निक्कै महत्त्वका साथ हेरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *