Search
Close this search box.
Search
Close this search box.

वडा र दाताको सहयोगमा विपन्नलाई पिउने पानी

tap dhara khanepani pani

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीस्थित भित्री गाउँका विपन्नलाई वडा कार्यालयले पिउने पानीको व्यबस्था गर्ने भएको छ । धारा जडान गर्न नसकेर खोलाको पानी पिउन बाध्य उनीहरुलाई वडा र विभिन्न दाताको सहयोगमा पिउने पानीको व्यबस्था गर्न लागिएको हो ।

दलित समुदायको बस्ती रहेको उक्त क्षेत्रमा कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत विपन्न उपभोक्ताहरुलाई खानेपानीमा पहुँच पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्राप्त भएको छ । ‘इच वान हेल्प वान’ अभियानका अध्यक्ष भारत सिक्किम निवासी लाटेन शेर्पाले एक कार्यक्रममा एक लाख ६० हजार रुपैयाँको चेक समितिका अध्यक्ष ढुण्डीराज गौतमलाई हस्तान्तरण गरे ।

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको विशेष पहलमा प्राप्त भएको उक्त सहयोग रकम आफूले नेपालमा गरेको पहिलो सामाजिक कार्य भएको दाता शेर्पाले बताए । त्यसैगरी समितिलाई खानेपानी कार्यक्रम अन्तर्गत वडाबाट दुई लाख रुपैयाँ, स्थानीय जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष सीताराम भट्टराईले बताए ।

मिति २०७९ चैत्र ८ गतेको पालिका सन्देश समप्ताहिक पत्रिकामा प्रकाशित

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *