वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात प्रयासको आरोपमा एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले बुधबार पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधबार आक्रमणको प्रयास गरेका थिए ।

घर फर्किने क्रममा अदालत परिसरमै आक्रमणको प्रयास भएको पाइएको प्रहरीले जनाएको छ ।

अदालतमा लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट उनले बहस गरेका थिए ।

यसैबीच रास्वपाले जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

घटना घटेको केही घण्टापछि विज्ञप्ति जारी गर्दै रास्वपाले यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने बताएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *