वर्खा स्मृति टी–२०: बिर्तामोड र भद्रपुर सेमिफाइनलमा

बुद्धशान्ति, माघ १५।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोडले २५३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। कप्तान समीर कार्कीले ७६ रन र सुवान्स बजगाईंले ६७ रन बनाएर टोलीलाई उच्च स्कोरमा पुर्‍याए।

EPIC EPIC EPIC

ठूलो लक्ष्य पछ्याएको झापा गाउँपालिकाले १३.४ ओभरमै सबै विकेट गुमाउँदै ५४ रनमात्रै बनाउन सक्यो। बिर्तामोडको तर्फबाट बिजय कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिए र खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

त्यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा भद्रपुर नगरपालिकाले कनकाई नगरपालिकालाई ५२ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। पहिले ब्याटिङ गरेको भद्रपुरले १९ ओभरमा सबै विकेट गुमाएर २३३ रनको ठूलो योगफल खडा गरेको थियो। भद्रपुरका अङ्कित सुवेदीले ९९ रनको उत्कृष्ट पारी खेले।

२३४ रनको लक्ष्य पछ्याएको कनकाई नगरपालिकाले २० ओभरमा ९ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो। भद्रपुरलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका सुवेदी म्यान अफ द म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी जिते।

भोलि हुने खेलअन्तर्गत तेस्रो क्वाटरफाइनलमा अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिका भिड्नेछन् भने चौथो क्वाटरफाइनल खेल कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ।

प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *