वाइसिएलको रक्तदानमा ६९ पिन्ट रगत संकलन

बुद्धशान्ति – नेकपा माओवादीको भातृ संगठन वाइसिएल नेपाल बुद्धशान्ति गाउँपालिकाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी बुद्धशान्ति गाउँपालिकाको व्यवस्थापन तथा रेडक्रस सोसाइटी बुद्धशान्तिको प्राविधिक सहयोगमा बुद्धशान्ति -३ स्थित राम जानकी मन्दिरमा भएको रक्तदानमा १३ जना महिला सहित ६९ जनाले रक्तदान गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

ने.क.पा (माओबादी केन्द्र) झापा जिल्ला सहायक इन्चार्ज तथा संघिय संसद धर्मसिला चापागाईंको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता वाइसिएल बुद्धशान्ति गाउँपालिका अध्यक्ष सरोज घिमिरेले गरेका थिए ।

कार्यक्रममा ने.क.पा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद झलकसिंह दर्लामी, पार्टीका प्रदेश कमिटी सदस्य एवं झापा जिल्ला सचीव मणि कुमार साम्पाङ्ग बिजय , प्रदेश सदस्य सि.पि कडरिया,असिम गोधराज दाहाल,श्यामवीर लिम्बू,खड्क तिमिल्सिना पवन ,बुद्धशान्ति नगर इन्चार्ज रोसन तिमिल्सिना, प्रेम नेम्वाङ ,वाइसिएल केन्द्रिय सदस्य कुमार आचार्य, बिनोद नेम्बाङ लगायातको आतिथ्यता रहेको प्रदेस कमिटि सदस्य प्रेम ल्वागुनले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *