वार्ता निष्कर्षविहीन भएपछि केवलकार निर्माणको विरोधमा पुनः आन्दोलन घोषणा

झापा। ताप्लेजुङको मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ धार्मिक स्थलमा निर्माणाधीन केबलकार खारेजीको माग गर्दै आन्दोलनरत पक्षले पुनः संघर्षका कार्यक्रम घोषणा गरेको छ। सहसचिव स्तरको सरकारी वार्ता समिति र आन्दोलनरत पक्षबीच माघ २७ सम्म दुई चरण वार्ता भए पनि निष्कर्षविहीन भएपछि आन्दोलनको घोषणा गरिएको हो। आन्दोलनकारीहरूले २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारी सरकारबाट पूर्ण रूपमा कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार अनिश्चितकालीन यातायात बन्द फिर्ता लिए पनि पक्राउ परेका आन्दोलनकारीको रिहाइ नभएको, केबलकार निर्माण नरोकिएको र उच्चस्तरीय वार्ता समिति गठन नगरिएको कारण पुनः आन्दोलन अपरिहार्य भएको छ।

आन्दोलनरत पक्षले ताप्लेजुङका सांसद योगेश भट्टराईमाथि एकल जातीय बर्चस्व स्थापित गर्न खोजेको तथा केबलकार परियोजनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाएका छन्। साथै, सरकारले जनताको मागलाई बेवास्ता गरेको र केवलकार निर्माणका लागि अलमलाउने रणनीति अपनाएको भन्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेका छन्।

EPIC EPIC EPIC

घोषित आन्दोलन कार्यक्रमअनुसार, माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंक र आइएमई समूहको बहिष्कार गरिनेछ। फागुन ६ देखि ८ गतेसम्म “मुक्कुमलुङ बचाऔं पदयात्रा” आयोजना गरिनेछ भने केबलकार अनुमति र सम्झौता खारेजीको मागसहित फुङलिङ नगरपालिकामा घेराउ गरिनेछ। साथै, केबलकार निर्माण सामग्री ढुवानी रोक्न सम्बद्ध पक्षलाई आग्रह गरिँदै काठमाडौं, इटहरी, र विर्तामोडमा विरोध सभा आयोजना गरिनेछ। संघीय सरकारलाई विरोधपत्र पठाउन १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली दूतावासहरूलाई समावेश गरिनेछ।

आन्दोलनरत पक्षले वार्ता र संवादमार्फत समस्या समाधानको प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै सरकार अडानमा टसमस नभए संघर्षलाई थप तीव्र बनाउने चेतावनी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *