Search
Close this search box.
Search
Close this search box.

विद्यार्थीलाई मोहीपान

काभ्रेको धुलिखेल नगरपालिका ५ स्थित श्रीखण्डपुर माध्यमिक विद्यालयमा वार्षिक शैक्षिक कार्यक्रमअनुरूप प्रत्येक शुक्रबार भिन्न-भिन्न खालका कार्यक्रम गरिने गरेकोमा यस वर्ष भने दुग्धजन्य पदार्थ प्रवद्र्र्धनसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दुग्धजन्य पदार्थका फाइदाबारे चर्चा गर्नुभएको थियो ।

अध्यक्ष दाहालले सबै विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ अनिवार्य सेवन गर्न आग्रह गर्नुभएको थियो । श्रीसखण्डपुर माविका शिक्षक विद्यार्थीको सहभागितामा भएको कार्यक्रममा एसोसिएसन बागमती प्रदेश उपाध्यक्ष ध्रुव तिवारी, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, एसोसिएसनका कार्यालय प्रमुख रविन्द्र केसीलगायतको उपस्थितिमा रहेको कार्यक्रममा बनेपा नगरपालिका ८ नाला रोडमा रहेको शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रालिले मोही उपलब्ध गराएको थियो । एसोसिएसनले सुरु गरेको मोही अभियानले सार्थकता पाउँदै आएको एसोसिएसनका अध्यक्ष दाहालले बताउनुभएको छ ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *