Search
Close this search box.
Search
Close this search box.

विद्युत प्रसारण लाइनको तारले घरको टिन छुँदा दमकमा एकजनाको मृत्यु

झापा। झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ९:१५ बजेको दमक नगरपालिका २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लागेको थियो । घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेको बिहान १०:१४ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

प्राधिकरण कार्यालयको लापरबाहीका कारण राईको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले प्राधिकरणको दमक वितरण केन्द्रमा दबाब दिएका थिए । उनीहरूले मृतक परिवारले राहत पाउनुपर्ने माग गरेका थिए । दमक नगरपालिका प्रमुख रामकुमार थापा, दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटा, दमक बिद्युत् कार्यालयका प्रतिनिधि, मृतक पक्षका आफन्तसमेत बसेर भएको छलफलमा तीन बुँदे सहमति भएको छ ।

नगरपालिकाले किरिया खर्चबापत ५० हजार दिने, बिद्युत् कार्यालयले तत्काल ३० हजार दिने र उपल्लो बिद्युत् कार्यालयसँग धेरैभन्दा धेरै क्षतिपूर्ति उपलब्ध गराउनको लागि स्थानीय निकाय, बिद्युत् प्राधिकरणले संयुक्त रुपमा माग गर्ने सहमति भएको दमक प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *