Search
Close this search box.
Search
Close this search box.

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

EPIC

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो ।

EPIC

उनी निमित्त कार्यकारी निर्देशक हुनुभन्दा अघि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत थिए। शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् ।

EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *