Search
Close this search box.
Search
Close this search box.

विभिन्न पार्टी त्यागेर पाँचथरमा ५ सय बढीले गरे एमालेमा प्रवेश

पाँचथरमा विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भणडारीका अनुसार ५ सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरसहित एमालेमा ५ सय बढी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *