Search
Close this search box.
Search
Close this search box.

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – विराटनगरमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको कटहरी गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका संयोजक एपोलो भगतका अनुसार कोरोना पुष्टि भएपछि मृतकलाई गत वैशाख ६ गते उपचारका लागि भर्ना गरिएको थियो । मृतक पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या पनि रहेको भगतले बताए । उनका अनुसार मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेका पुरुषको उपचारका क्रममा बिहान ११ :३० बजेतिर ज्यान गएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *