विराटनगरमा बालिकाको हत्या प्रकरण: मावल घरका ६ जना पक्राउ

१८ माघ, विराटनगर – मोरङको विराटनगरमा बालिकाको शव गाडिएको अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा मावल घरका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मावल घरतर्फका हजुरबुबा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डल रहेका छन्।

EPIC EPIC EPIC

एक महिनाअघि मावल घर आएकी थिइन् चाँदनी

डीएसपी वेदप्रकाश जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी ११ वर्षीया चाँदनी यादव एक महिनाअघि आमाबुवा राजकुमारी यादव र लालमोहन यादवसँगै विराटनगरस्थित मावल घर आएकी थिइन्। केही दिनअघि उनका आमाबुवा भारत फर्केपछि उनी मावल घरमै थिइन्।

तर, पछिल्ला ५-६ दिनदेखि गाउँमा नदेखिएपछि स्थानीयहरूले खोजी थालेका थिए। परिवारले उनलाई भारत फर्किएको बताएको थियो, तर स्थानीयलाई शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले खोजी गर्ने क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *