Search
Close this search box.
Search
Close this search box.

विराटनगर महानगरको निर्देशन: विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गरिने

विराटनगर
विराटनगर महानगरमा विद्यार्थीहरू विद्यालय तथा कलेजको पोशाकमै चुरोट, हुक्का, गाँजा लगायतका सुर्तिजन्य पदार्थ चिया पसलमा सेवन गर्ने गरेको पाइएको छ। यसलाई रोक्न माग बढेसँगै महानगरपालिकाले शुक्रबार चिया पसल सञ्चालकहरूसँग छलफल गर्दै गम्भीर बन्न आग्रह गरेको छ। पछिल्लो समय विद्यालय पोशाकमै सुर्तिजन्य पदार्थ सेवन गर्ने विद्यार्थीहरूका गुनासो बढ्न थालेका छन्। यसलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले १९ वटै वडामा रहेका चिया पसल सञ्चालकहरूसँग छलफल आयोजना गरेको हो।

महानगरपालिकाले बिहीबार ५० जना व्यवसायीलाई छलफलमा उपस्थित हुन पत्र पठाएको थियो। तीमध्ये अधिकांश व्यवसायी छलफलमा सहभागी भए। छलफलमा महानगर प्रमुख नागेश कोईराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा व्यवसायीहरूलाई केवल व्यापारमै सीमित नभई सामाजिक दायित्व बोध गर्न आग्रह गरियो। छलफलमा निर्णय गरिएअनुसार अब कुनै पनि व्यवसायीले विद्यालय पोशाकमा रहेका विद्यार्थी वा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई चुरोट, हुक्का, गाँजा लगायतका सुर्तिजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गरिने चेतावनी दिइयो।

EPIC EPIC EPIC

महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीहरूको सहभागितामा अनुगमन टोली गठन गरिएको छ। टोलीले आवश्यक परे चिया पसलहरूको अनुगमन गर्नेछ। उपप्रमुख कार्कीले यसअघि पनि अनुगमनका क्रममा विद्यालय पोशाकमै विद्यार्थीहरूले चुरोट, हुक्का सेवन गरेको पाइएकाले यस्ता घटना पुनः नदोहोर्याउन व्यवसायीहरूलाई सचेत गराइन्। व्यवसायीहरूले महानगरको निर्णयलाई पालना गर्दै व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। सुर्तिजन्य पदार्थ बिक्री वितरण सम्बन्धी ऐन, २०६८ को दफा ११ अनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने स्पष्ट गरिएको छ। महानगरले व्यवसायीहरूलाई पार्किङ व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। छलफलपछि व्यवसायीहरूले महानगरको नीति अनुरूप व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *