Search
Close this search box.
Search
Close this search box.

विराट गोल्डकप चैत २६ देखि सञ्चालन हुने

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

विराटनगर। प्रदेश १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता स्थानीय शहीद रंगशालामा फ्लडलाइट रात्रिकालीन बत्तीका माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।

छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन् ।

प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मर्स्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, संकटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए ।

गोल्डकप विजेता टोलीले १५ लाख १५ हजार र उपविजेता टोलीले सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् ।

पाँचौँ संस्करण विजेताले १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई १५ हजार नगद रहेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रतियोगिता राति ७ बजेदेखि सुरू हुने तथा यसको टिकटदर दुई, तीन र चार सय रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *