विरिङ तटमा तिनतले सामुदायिक वनको बृक्षरोपण

बुधबारे । विश्व वातावरण दिवसको अवसरमा तिनतले सामुदायिक वन बुद्धशान्तिले बृक्षरोपण गरेको छ।

बुद्धशान्ति -१ स्थित भोटेटार पश्चिम बिरिङ किनारमा झन्डै ५०० विरुवा रोपिएको सामुदायिक वनका अध्यक्ष नन्दकुमार राईले जानकारी दिए।

EPIC EPIC EPIC

उनका अनुसार नदिले कटान गरेको झन्डै २५ बिगाहा जमिनमा विगत ८ वर्षदेखी बृक्षरोपण गरी भु-संरक्षण गरिएको हो।

बिरिङ नदिले बर्षेनि वनको र स्थानीयको जमिन कटान गरी बस्ती नै जोखिममा पर्ने खतरा बढेपछि बृक्षरोपणको अवधारणा अगाडि ल्याइएको उनको भनाई छ।
सामुदायिक वनको ब्लक नम्बर ४ को सो क्षेत्रमा गडुल,टिक,सिरिस,टाकि,राजबृक्षे र अर्जुन जातका बिरुवा लगाइएको हो।

बृक्षरोपण कार्यक्रममा रोङ सब-डिभिजन वन कार्यलय इलामका इश्वरी घिमिरे,सामुदायिक वनका पदाधिकारी एवं स्थानीय उपभोक्ताको सहभागिता थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *