विर्तामोड । स्थानीय तहले आइसोलेसन सहितको कोभिड अस्पताल संचालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप झापाको विर्तामोड नगरपालिकाले कोभिड १९ आइसोलेसन अस्पताल संचालनमा ल्याएको छ ।

नगरपालिकाले आज बुधबारबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले कोभिड अस्पतालको उद्घाटन गरेका हुन् ।
सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन गर्न दिएको निर्देशन पालना गर्दै नगरपालिकाले ५ वेडको आइसोलेसन अस्पताल संचालनमा ल्याएको नगरस्तरीय कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक ओम खड्काले जनकारी दिएका छन् ।
उनले एक डाक्टर र २ जना नर्स सहितको चिकित्सक टिमले चौबिसै घण्टा सेवा प्रदान गर्ने बताए ।