विर्तामोड । झापाको बिर्तामोडमा शनिबार भएको दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा इलामको माइ नगरपालिका–७ का चन्द्रबहादुर राई, श्रीमती माया तामाङ र चार वर्षीय छोरा प्रशान्त छन् ।
बिर्तामोडमा डेरा गरी बस्दै आएका उनीहरू मोटरसाइकलमा सवार थिए । चन्द्रबहादुरले चलाएको मे११प ६२४४ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१६–३९२२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइते तामाङको अवस्था गम्भीर छ । उनको बिएन्डसी र चन्द्रबहादुर तथा प्रशान्तको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।
बस चालक झापा बिर्तामोडका बोधराज प्रसाईंलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । दुर्घटना पूर्वपश्चिम राजमार्गको बिर्तामोड आँखा अस्पतालनजिक भएको हो ।
3 Responses
सबै परिवार नै एकै चोटी कठै बिचरा
दोषी लाइ चाँडो भन्दा चाँडो करभाइ होस
चन्द्रबहादुर को श्रमती हैन
काकी हो
4 वर्षीय छोरा हैन छोरी हो
नाम प्रशान्त हैन प्रसंशा हो
3 जना नै B&C मा हुनुहुन्छ