Search
Close this search box.
Search
Close this search box.

विवकेशील र साझा पार्टीबीच भोलि एकता हुने

काठमाडौं । विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । दुबै दलले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्न लागेका हुन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दुई पार्टी एक हुन लागेको औपचारिक जानकारी दिएका हुन् । नयाँ गठन हुने पार्टीमा साझाका रविन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डेले संयोजकको जिम्मेवारी पाउने भएका छन् ।

नयाँ पार्टीको नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु राख्ने सहमति भइसकेको छ । एकिकृत पार्टीको छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि भएको छ ।

कोरोना भाइरस महामारी रहेकोले भर्चुअल माध्यमबाट दल एकीकरण घोषणाको कार्यक्रम गर्ने तयारी छ । दुवै दलबाट केन्द्रीय समितिमा ६५ –६५ जनाको प्रतिनिधित्व हुने सहमति भएको छ ।

सचिवालय भने २६ सदस्यीय बनाउने सहमति भएको छ । पार्टी एकताप्रति विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहित १३ जनाले भने असहमति राखेका छन् । २०७४ साउनमा एक भएका दुबै दल २०७५ पुसमा विभाजित भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *