झापा – बिर्तामोड स्थित बीएन्डसी मेडिकल कलेजले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ ।
शनिवार गणतन्त्र दिवसका दिन बीएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक विज्ञप्ती जारी काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत् थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका हुन ।
‘नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल एवम् ईमानदार सामाजिक अभियन्ता उपचारमा रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएकाले हामीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका हौं,’ प्रसाईंले विज्ञप्तिमा भने, ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो र उपचार खर्चको अभावमा कुनै पनि नेपालीले अकालमा मर्नु नपरोस् भन्ने हाम्रो मूल मान्यता हो ।’
थापा मेडिसिटीको सघन उपचार कक्षको भेन्टिलेटरमा केहि दिनदेखि उपचाररत् छन् । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उनको उपचार खर्च जुटाउन आर्थिक सहयोग आह्वान गरेका थिए ।