Search
Close this search box.
Search
Close this search box.

विश्वभर कोरोना संक्रमित हुने नेपालीको संख्या दुई लाख ३५ हजार नाघ्यो, साढे १३ सय बढीले गुमाए ज्यान

काठमाडौं। विश्वभर कोरोना संक्रमित हुने नेपालीको संख्या दुई लाख ३५ हजार ७४९ पुगेको छ। संक्रमित नेपालीमध्ये हालसम्म एक हजार ३७२ जनाको मृत्यु भइसकेको छ।

नेपालसहित विश्वका ४५ देशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये नेपालसहित १९ देशमा संक्रमित नेपालीको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। नेपालभित्र हालसम्म एक हजार ८७ जना संक्रमितको मृत्यु भइसकेको छ।

EPIC EPIC

नेपालभित्र रहेका संक्रमितमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८१ प्रतिशत रहेको छ। हाल नेपालमा भित्र उपचारत संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ। नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा १५ लाख २७ हजार ७६६ जनाको पीसीआर तथा आरडीटी परीक्षण गरिएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार नेपाल बाहेक विश्वका ४४ देशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।

यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा संक्रमण देखिएको छ। विदेशमा रहेका संक्रमित नेपालीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएका छन्। यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एकजना नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *