विश्वभर २८ करोड १० लाखले लगाए कोरोना खोप, नेपालमा प्रतिहजार १४ जनाले लिए

काठमाडौं – गैरआवासीय नेपाली संघले विश्वमा हालसम्म प्रतिएक हजारमा ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएको छ।

EPIC

विश्वको तुलनामा नेपालमा कोरोना खोप लगाउनेको संख्या कम रहेको छ। नेपालमा हालसम्म प्रतिएक हजारमा १४ जनाले मात्र कोरोना खोप लगाएका छन्।

“विश्वभर हालसम्म २८ करोड १० लाख मानिसले खोप प्राप्त गरिसकेका छन्। कोरोना भाइरसविरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइडलगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ। विभिन्‍न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ,” संघद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

खोप आफ्नै लागि भएकोले मनमा कुनै द्विविधा नराखी लगाउन संघको स्वास्थ्य समितिले आग्रह गरेको छ। ज्येष्ठ नागरिकले विभिन्‍न अवस्थामा खोप लगाउन नहुने र विशेष सतर्कता अपनाउन पनि संघले आग्रह गरेको छ।

EPIC EPIC EPIC

“कुनै खोप, औषधि, खाना आदिको एलर्जी भएका व्यक्ति, स्टेरोइड वर्गका हाइ डोज औषधि सेवन गरेका व्यक्ति, हृदयघात भएर वा मुटुको समस्या भएर रगत पातलो बनाउने मल्टिपल औषधि सेवन गरेका व्यक्तिलाई खोप लगाउन सिफारिस गरिँदैन वा लगाउनका लागि स्वास्थ्य विज्ञको परामर्श आवश्यक पर्छ,” संघले भनेको छ।

EPIC

मस्तिष्कको रोग भएका वा स्नायुसम्बन्धी स्वास्थ्य समस्या भएका, सिकल सेल एनेमिया, प्लेटलेट्सको कमी, रक्तश्राव भइरहने वा रगत जम्ने प्रक्रियामा खराबी भएका तथा एकपटक गम्भीर कोभिड १९ लागेर थला परेका व्यक्तिलाई पनि खोप लगाउँदा सावधानी अपनाउनुपर्ने संघले जानकारी दिएको छ।

“तीन महिनायता अप्रेसन गरेका व्यक्ति, सिकिस्त बिरामी, ८० वर्षभन्दा माथिका अशक्त दीर्घरोगी, गम्भीर मानसिक स्वास्थ्य समस्या भएका तथा दुई महिनायता हेपाटाइटिस बी लगायतका खोप लगाएका व्यक्तिलाई पनि खोप लगाउनुअघि आफ्नो नियमित स्वास्थ्यविज्ञसँग सल्लाह गर्न सिफारिस गरिन्छ,” संघको विज्ञप्तिमा उल्लेख छ।

हाल रूघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो भएका र कोरोना निको भएको २८ दिन नपुगेका व्यक्तिले खोप लगाउन उचित नमानिनेसमेत संघले जानकारी दिएको छ।

क्यान्सरको उपचार गराइरहेका बिरामी, एचआईभी संक्रमित ९जसले कडा खालका औषधि सेवन गरिरहेका छन्०, मिर्गौला तथा बोन म्यारो प्रत्यारोपण गरेका व्यक्ति, गम्भीर दम भएका व्यक्ति, डाउन सिन्ड्रोम भएका व्यक्ति र थाल्सेमिया वा बाथ भएका व्यक्तिलाई पनि खोप नलगाउन तथा लगाउनु परे स्वास्थ्यविज्ञसँग परामर्श गरेर मात्रै खोप लगाउन संघले अनुरोध गरेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar