Search
Close this search box.
Search
Close this search box.

विश्व दुध दिवस : किसानले ४ अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी

काठमाडौँ । ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आज विश्व दुध दिवस मनाइँदै छ ।

लामो समयदेखि नेपाली किसानले दुधको रकम भुक्तानी पाउन सकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ ।

EPIC EPIC

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुन्छ । आर्थिक वर्ष २०७८-०७९ मा नेपालमा कुल २५ लाख ६६ हजार मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७-२०७८ मा २४ लाख ७९ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७६-०७७ मा २३ लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन भएको थियो ।

यसका बाबजुद वार्षिक रुपमा २ अर्बभन्दा बढी रुपैयाँको दुध आयात हँुदै आएको सरकारी तथ्याङ्क छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *