Search
Close this search box.
Search
Close this search box.

विश्व बैंकले नेपाललाई साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने

काठमाडौं । विश्व बैंकले कृषि क्षेत्र सम्बन्धित परियोजनाका लागि नेपाललाई साढे नौ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषि क्षेत्रको पुनर्स्थापना र उत्पादन वृद्धिका लागि ८ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।

यो कार्यक्रम अन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत् ग्रामीण उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना गरिने विश्व बैंकले जनाएको छ । ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवर्द्धन गर्ने विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्रामीण उत्पादनको अभिवृद्धि, रोजगारी सिर्जना तथा साना किसान र संस्थागत खरिदकर्ताबीच दीगो सम्बन्ध स्थापित गर्न सहयोग गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले परियोजनाले सरकार र निजी क्षेत्रलाई आपसमा सहकार्य गर्दै ‘नेपाल ब्राण्ड’का कृषि उत्पादनलाई विश्व बजारमा पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन् ।

नेपालको प्रतिस्पर्धी र तुलनात्मक लाभ भएका चिया, कफी, फलफूल, औषधिजन्य उत्पादनको विकासले कोरोना भाइरस महामारीपछि नेपालको कृषि क्षेत्रको पुनर्स्थापनाको गति तीव्र हुने उनको भनाइ छ । यो परियोजना प्रदेश एक, दुई, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा कार्यान्वयन हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *