Search
Close this search box.
Search
Close this search box.

विश्‍वकै धेरै जनसंख्या भएको चीनमा जनगणना सुरु, ७० लाख कर्मचारी खटिए

बेइजिङ,एजेन्सी । चीन सरकारले आइतबार जनगणना सुरु गरेको छ ।

विश्वकै ठूलो जनसंख्या भएको मुलुक चीनका ७० लाख जति सरकारी कर्मचारीहरु जनगणनाका लागि नागरिकका ढोका–ढोकामा पुगेका छन् । जनसांख्यिकी परिवर्तन बुझ्न चीनले हरेक १० वर्षमा जनगणना गर्ने गरेको छ । अघिल्लो गणना अनुसार चीनमा झण्डै डेढ अर्ब जनसंख्या छ ।

जनसंख्याको आकार, संरचना र वितरणबारे बुझ्नका लागि बेला–बेला जनगणना गर्नु आवस्यक रहेको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुख आयुक्त निङ जिझेले बताएका छन् । यस सर्वेक्षणमा चिनियाँ नागरिकको नाम, परिचयपत्र नम्बर, लिंग, वैवाहिक स्थिति, शिक्षा र पेशा जस्ता तथ्यांक संकलन गरिन्छ । १९९० को दशकदेखि नै चीन सरकारले राष्ट्रिय जनगणना नियमित रुपमा हरेक १० वर्षमा गर्दैआएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *