
झापा, । विषालु सर्पले डस्दा झापाको गौरीगञ्जमा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको सर्पले डस्दा मृत्यु भएको हो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको सोही दिन राति मृत्यु भएको हो ।



















