Search
Close this search box.
Search
Close this search box.

विष्णुले अमेरिकाको भिजाको प्रलोभन देखाएर ‘नक्कली’ बिहे गरेपछि…

धनगढी: डडेल्धुराका सवारी सहचालक (खलासी) युवक, ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरकी एक ३१ वर्षीया ठकुल्ला थरी युवती। जो पेशाले अमिन थिइन्। उनीहरुबीच फेसबुकमा कुरा हुन्छ।

जसमा मालीले प्रेम गर्ने भन्दै आफू अविवाहित भएको र विवाह गर्नेसम्मको युवतीलाई आश्वासन दिन्छन्। यहीँ आश्वासन सत्य घटनामै परिणत हुन्छ।

EPIC EPIC EPIC

तर यो अहिलेसम्म पुग्दा घटनाक्रम कञ्चनपुर प्रहरीमा पुगेको छ। अहिलेसम्मको जानकारी अनुसार ती युवक विवाहित भएको खुलेपछि नक्कली अभिभावक बनाएर बहुविवाह गरेको आरोपमा पक्राउ नै परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का विष्णु प्रसाद मालीलाई पक्राउ गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उनीसँगै घटनाका मतियार बेदकोट नगरपालिका २ का जनक लबहादुर धामी पनि पक्राउ परेका छन्।

मालीले विवाह गर्ने तयारी गरेको किशोरीको पक्षलाई धामीले ‘यो केटो मेरो सालो हो निकै राम्रो छ’ भन्दै फकाएका थिए। धामीको कुरा सुन्दै मालीसँग विवाह गराउन केटी पक्ष पनि राजी भएको थियो। तर, विवाह भएको तेस्रो दिन नै मालीले नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरेको पुष्टि भयो।

प्रहरीका अनुसार डडेल्धुराका माली र कञ्चनपुरकी युवतीसँग सामाजिक सञ्जाल मार्फत नजिकिएका थिए। सबैभन्दा पहिले उनले युवतीलाई आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै फकाएका थिए। मालीले बुवा आमासहितका अन्य परिवारका सदस्य पनि नक्कली खडा गरेका थिए।

उनीहरुले पनि मालीले भनेझै गरे। केही महिनापछि युवती विवाह गर्न राजी भइन्। अघिल्लो महिनाको २२ गते कञ्चनपुर महेन्द्रनगरको चेतन होटेलमा उनीहरुको विवाह भयो। त्यसपछि त्यहीँ दिन महेन्द्रनगरकै अर्को होटेल ओपेरामा उनीहरूको सुहागरात पनि भयो।

तर ती युवक विवाहित हुन् भने कुरा युवतीले अझै चाल पाएकी थिइनन्। प्रहरी स्रोत भन्छ, ‘युवकले मेरो काकाको स्वास्थ्य अवस्था जटिल बन्दै छ, जति बेला पनि नराम्रो खबर आउन सक्छ’ भन्दै मोबाइल बन्द गर्न लगाए र ५/७ साथीभाईको उपस्थितिमा मात्रै विवाह मण्डमा आए।

गुपचुपमा विवाह भयो। त्यसपछि सुहागरात सकेर उनीहरू धनगढी आए, बसे र भोलीपल्ट डडेल्धुरा प्रस्थान गर्न थाले। त्यो बेलासम्म सामाजिक सञ्जाल फेसबुक र टिकटकमा विवाहको फोटा र केही दृश्यहरू आइसकेका थिए।

सो क्रममा मालीको पहिलो श्रीमतीले आफ्नो श्रीमान्ले अर्काे विवाह गरेको त्यहि टिकटकमा थाहा पाइन् र उनले त्यहि टिकटमा आफू पहिलो श्रीमती रहेको जानकारी गराइन्।

मालीको पहिलो श्रीमतीको कमेन्ट देखेर दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अचम्मित भए। परिवारमार्फत प्रहरीसम्म कुरा पुराएपछि उनले नक्कली अभिभावक खडा गरेर बहुविवाह गरेको पुष्टि भयो।

दोस्रो श्रीमती लिएर डडेल्धुरा जाँदै गरेका माली २५ गते बुडरमै पक्राउ परे। मालीले आफूसँग विवाह गर्न गरेको नाटक सबै थाहा पाएपछि दोस्रो श्रीमतिले प्रहरीमा आफूलाई झुक्काएर विवाह गरेको भन्दै उजुरी दिइन्।

युवतीको उजुरीपछि अहिले माली र उनलाई सहयोग गर्ने धामी पक्राउ परेका छन्। अहिले जिल्ला प्रहरी कार्यालयले अझै नक्कली बुवा र आमा बन्नेहरू पनि पक्राउ गर्न बाकी रहेको जनाएको छ।

अहिलेसम्म माली सहचालक रहेको खुलेको छ। सहचालक रहेका विवाहित मालीले इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै नक्कली अभिभावक बनाएर दोस्रो विवाह गरेका थिए।

जबकी पछिल्लो समय विदेश जाने चक्करमा यस्ता घटना बढ्दै गएका छन् भने कयौं युवती ठगिन बाध्य छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *