वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ-सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

EPIC

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र -सीसीएमसीको सिफारिसअनुसार मन्त्रिपरिषदले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शहरी क्षेत्रका सबै विद्यालयमा भर्चुअल कक्षामा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

पछिल्लो समय कोरोना संक्रमण बढे पनि सरोकारवालाहरूले भने विद्यालय बन्द गर्न नहुने बताउँदै आएका थिए। मन्त्रिपरिषद्ले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको हो।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत भीडभाड हुने क्षेत्रहरू पनि वैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar