वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौँ : काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।

EPIC

आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

‘गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो। 

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ। 

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar