बुद्धशान्ति – झापाको बुद्धशान्ति गाँउपालिकामा १ दिने व्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाँउ समितिको आयोजनामा बुद्धशान्ति ३ स्थित पार्टि कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बुद्धशान्ति गाँउ समिति सभापति उमेश भट्टराईको अध्यक्षता नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापति राजेन्द्र उप्रतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेवि संघ झापा जिल्ला उपसभापति भुपेन्द्र थेवे,सह -सचिव मिलन चापागाई ,जिल्ला सदस्य मनिष दहाल,जिल्ला सदस्य तथा सूचना विभाग प्रमुख गोकुल पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा झापा जिल्ला प्रवक्ता सञ्जय निरौलाले पार्टीलाई गतीशिल बनाउन व्यक्तित्व विकास गर्न कत्तिको जरुरी छ रु भाषण कला के हो रु नेतृत्वलाई अगाडि बढाउन कसरी सक्षम हुने लगायतका विषयमा प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।
जिल्ला सदस्य तथा सूचना विभाग प्रमुख गोकुल पौडेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति उप्रेतीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेवि संघ बुद्धशान्ति गाँउ समिति सचिव दिपेश भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा गठित कमिटिका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।