व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिने

 

बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघ शान्तिपूर्ण आन्दोलनमा उत्रिने भएको छ । बिर्तामोडको वुधबारे हटियास्थित व्यवसायीको हकहितका लागि वाणिज्य संघ बिर्तामोड नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएको हो । संघको सभाहलमा शनिबार पत्रकार सम्मेलन गरेर आन्दोलनबारे उवा संघले जानकारी दिएको हो ।

दानविर रामबाबु प्रसाईले दिएको जग्गामा व्यवसाय गरेर बसेका व्यवसायीहरुलाई लामो समयसम्म विद्युत मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । मानविय संवेदनशिलतासँग जोडिएको बिषयमा नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा व्यवसाय गरेकाहरुलाई पालिकाले मिटरका लागि सिफारिस नदिनु निन्दनीय भएको उनले आरोप लगाए । व्यवसायीको हितका लागि जनप्रतिनिधीलाई जिताएर पठाएको बताउँदै अध्यक्ष शिवाकोटीले इगोमा नहिड्न आग्रह गरे ।

EPIC EPIC EPIC

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले पालिकालाई कर तिर्ने व्यवसायीले विद्युत मिटरसम्म जडान गर्न नपाउने कस्तो शासन हो? भन्दै प्रश्न गरे । आफूहरुले यो समस्या समाधानका लागि पटक पटक नगरप्रमुखलाई भेटेर जानकारी गराउँदासमेत बेवास्ता गरिएकाले एक हप्ताको समय दिएर जेठ २७ गते ज्ञापन पत्र बुझाएका थिए । तर पालिकाले सुनुवाई नगरेपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनु परेको न्यौपानेले बताए । मिटर जडानका लागि विद्युत प्राधिकरणलाई सिफारिस दिन ६५ जना व्यवसायीको हस्ताक्षरसहित संयुक्त निवेदन पालिकामा दर्ता गराएपनि प्रमुख प्रशासकीय अधिकृतले लुकाएको न्यौपानेको भनाई छ ।

भविष्यमा उक्त ठाउँमा नगरपालिकाले स्थायी संरचना निर्माण गरे व्यवसायीहरुलाई हटाउन वाणिज्य संघले सहयोग गर्ने उनले बताए । ‘हामी पछि संरचना बनेको अवस्थामा व्यवसायीलाई हटाउन कागज गछौँ,’ उनले भने । तर, नगरपालिकाले साना व्यापारीलाई हटाउने रणनीति बनाए आफूहरु हेरेर नबस्नेसमेत उनले बताए ।

आइतबार नगरपालिका गेटमा शान्तिपूर्ण धर्ना दिने

समस्या समाधानका लागि एक हप्ताको समय दिएर ज्ञापन पत्र दिएपनि पालिकाले सुनुवाई नगरेपछि उद्योग वाणिज्य संघको अगुवाइमा भोलि आइतबार विहान १० बजे बिर्तामोड नगरपालिकाको गेटमा धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए । चरणबद्ध आन्दोलनमा उत्रिएको वाणिज्य संघले नगरपालिकाले व्यापारीको गुनासो सुनुवाई नगरे थप आन्दोलनको कार्यक्रम गरिने वरिष्ठ उपाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले नगरप्रमुख उपप्रमुख लगायत जनप्रतिनिधीलाई जनताको हितका लागि जिताएर पठाएकाले उवा संघलाई हेर्ने दृष्टिकोण बदल्न आग्रह गरे । उनले वाणिज्य संघ व्यवसायीको हितका लागि डटेर लड्नेसमेत बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कुमार भट्टराई, महिला उपाध्यक्ष नैनकला भट्टराई, सचिव कुशल खतिवडा, सह–कोषाध्यक्ष राधिका चुँडाल हुमागाईलगायतले आफ्नो धारणा राखेका थिए

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *