Search
Close this search box.
Search
Close this search box.

व्यापार घाटा साढे ८ खर्बभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा माथि पुगेको छ ।

उच्च आयात र कमजोर निर्यातको प्रभाव व्यापार घाटामा देखिएको हो । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयातको ग्राफ कोरोना भन्दा अगाडिकै स्थितिमा पुगेको छ ।

तर, निर्यात औसतः हुँदा चाप व्यापार घाटामा देखिएको हो । विभागका अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १।६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ महिनामा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *