व्रत किन बस्ने? यस्ता छन् फाइदा

नेपाली संस्कृति अनुसार ब्रत बस्नु रीतिरीवाज हो। पुराना पुस्ताले विभिन्न समयमा ब्रत बस्ने गरेका थिए। तीज होस् वा एकादशी। कहिले जल नखाइ वा कहिले जल मात्र खाएर ब्रत बस्ने चलन छ। कतिपयले ब्रत बस्ने चलन संस्कृति मात्र नभई शरीरलाई अत्यावश्यक भनेका छन्।
आज हामी ब्रत बस्दा शरीरलाई पर्ने लाभ वा हानिका विषयमा चर्चा गर्दैछौ। र, यसको स्वास्थ्यमा पर्ने असरका विषयमा कुराकानी हुनेछ।

–हप्तामा एक दिन मात्र व्रत बस्दा पाचन प्रणाली राम्रो हुन्छ । शरीरमा भएका तत्त्व राम्रोसँग पच्न पाउँछन् र पेट पनि सफा हुन्छ ।

EPIC EPIC EPIC EPIC EPIC

–तपाईँले तौल कम गर्न चाहिरहनुभएको छ भने पनि हप्तामा एक दिन व्रत बस्न सक्नुहुन्छ । व्रत बस्दा शरीरमा भएको बोसो ऊर्जामा परिणत हुन्छ ।

–व्रत बस्दा शरीरमा भएका खराब तत्त्व बाहिर जान्छन् । जसले गर्दा शरीर डिटक्स हुन्छ । यसले विभिन्न रोगबाट पनि राहत दिन्छ ।

–हप्तामा एक दिन व्रत बस्दा शरीर डिटक्स हुन्छ । जसले गर्दा छालामा पनि चमक आउँछ । यसले छालालाई पनि राम्रो बनाउँछ ।

–त्यस्तै यदि तपाईँलाई कोलेस्ट्रोलको समस्या छ भने पनि हप्तामा एक दिन अवश्य व्रत बस्नुहोस् । यसले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्दै जान्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *