काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ।
शनिबार अपराह्न करिब ४:५० बजेको समयमा नगरकोटबाट फर्कँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
सो बस चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी बोकेर साँखुतर्फ आउँदै थियो। दुर्घटनामा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार दुर्घटनापछि घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। २२ जनालाई पिपुल्स लाइफ केयर अस्पताल, ११ जनालाई एनएमसी अस्पताल, ४ जनालाई टिचिङ अस्पताल र ४ जनालाई शंखरापुर अस्पतालमा भर्ना गरिएको छ।
उपचारका क्रममा शंखरापुर अस्पतालमा रहेका शुसाङ्क डोटेलको मृत्यु भएको पुष्टि भएको छ भने एनएमसी अस्पताल र टिचिङ अस्पतालमा एक/एक जनाको ज्यान गएको छ। उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ। योसँगै मृतकको संख्या तीन पुगेको छ।
घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेहरूमा अधिकांश स्कुले विद्यार्थी रहेका छन्।
दुर्घटनापछि तत्कालै प्रहरी निरीक्षक नविन चुडालको नेतृत्वमा १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बस ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको छ।
बस सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले चलाएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको सूची:
पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत
१) फिलिप लामा (१०)२) प्रजोल थापा (१०)३) भिम तामाङ (११)४) राम परियार (१६)५) सुजन मगर (१६)६) सिरिसा सिवेदी (१२)७) प्रकाश बम (१६)८) साधन बिष्ट (१२)९) आराध्या शाह (१०)१०) आशिस तामाङ (१५)११) स्नेहा राइ (२१)१२) गंगा ज्योति (४२)१३) रन्जित थापा (१३)१४) सुहाना गुभाजु (१३)१५) श्रिसान्त पौडेल (१५)१६) कल्पना रेज्मी (३२)१७) विकल्प श्रेष्ठ (१०)१८) नाइस्का पाण्डे (२३)१९) सुविता तामाङ (१४)२०) निशान्त पौडेल (१४)२१) सौगात मगर (१४)२२) अबित खान (१०)
शंखरापुर अस्पतालमा उपचाररत१) आदित्य सुनार (१२/१३)२) धिरज साउद (१४)३) सन्देश गिरि (१३)
थप नामावली आउन बाँकी !