Search
Close this search box.
Search
Close this search box.

शनिबारबाट एकसाता झापा नै लकडाउन

झापा ।कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार (१६ गते )राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको हो । बैठकले तेस्रो लहर समेत देखा पर्न कोभिड नियन्त्रणका लागि स्थानिय पालिकाहरुलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थाामा राख्न निर्देशन समेत दिएको छ ।

EPIC

मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला नीजि अस्पतालहरुलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसंग थप खोप माग गर्ने निर्णय समेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा भन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन माग गरेको छ ।

त्यस्तै आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *