Search
Close this search box.
Search
Close this search box.

शान्तिनगरमा नि:शुल्क सवारी चालक तालिम

बुद्धशान्ति- बुद्धशान्ति गाउँपालिका वडा न. ५ ले बेरोजगार युवालाई लक्षित गरि मोटर ड्राईभिङ तालिम संचालन गर्ने भएको छ।
मंगलबार एक कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष बासुदेव खतिवडाले युवा शसक्तीकरण कार्यक्रममा वडाले जोड दिने बताए ।ड्राइभिङ तालिमले युवाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि राम्रो अर्थोपार्जन गर्न सहयोग पुग्ने भन्दै उनले युवाहरूलाई उद्द्म बन्न समेत अनुरोध गरेका थिए।


“हाम्रो समाजमा बेरोजगारीको संख्या धेरै ठूलो छ तर सीप सिकेका मानिसहरू खाली बस्नुपरेको छैन, सीप सिकेपछी स्वदेश बिदेश जहाँ गएपनी काम पाईन्छ,त्यही सोचले हामिले ड्राईभिङ तालीमको अवधारणा ल्याएका हौं” वडाध्यक्ष खतिवडाले भने।

EPIC

कार्यक्रममा बोल्दै वडासदस्य डेगेन्द्र कार्कीले सवारि चालक तालिम मार्फत वडाका ३० जना युवा र तिनका परिवार प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए। वडाकार्यलयको कुल ३ लाख बजेटले ३० जनालाई तालिम प्रदान गरी,सवारी अनुमति-पत्र लिन सम्म सहयोग गर्ने उनको भनाई थियो।

कार्यक्रमका अर्का सहभागी डम्बर खड्काले वडाकार्यलयले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।


उद्घाटन सत्रको कार्यक्रम संचालन युवा तथा बालबालिका शाखाकी मिना बिष्ट ले गरेक थिइन्। कार्यक्रममा वडासदस्यहरु देउमाया दर्नाल र डिल्लिरमण खतिवडा समेत उपस्थित थिए। ५ नम्बर वडा कार्यलय र आरति मोटर ड्राइभिङ ईन्स्टिच्युटसँगको प्राविधिक सहकार्यमा हुने तालिम एक महिनासम्म चल्नेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *