शास्त्रीय संगीतका दिग्गज गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन

काठमाडौं। वरिष्ठ संगीतकर्मी तथा हजारौं नेपाली संगीतकर्मीका गुरु गुरुदेव कामतको दुःखद निधन भएको छ । शास्त्रीय संगीतको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर रुपमा ख्यातिप्राप्त संगीतकार तथा गायक कामतको ६९ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको हो । संयोग कस्तो जुरेको छ भने २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्मिएका संगीतकार गुरुदेव कामतको जन्मदिनकै दिन दुखद निधन भएको हो ।

काठमाडौंमा बसोबास गर्दै आएका कामत पछिल्लो समय आर्थिक समस्याका कारण यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

EPIC EPIC EPIC

पछिल्लो समय उनलाई घरमा इायलासिस गराउँदै आइएको थियो । उनका कान्छा छोरा समीर कामतका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खानेकुरा खाएका थिएनन् । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि आजै अन्त्येष्टि गरिने छ ।

शास्त्रीय गायक कामत नेपालमा जति प्रख्यात छन् भारतमा पनि उनको उत्तिकै प्रख्याति रहेको छ । उपचारमा रहँदामा डाक्टरले दुवै मृगौला प्रत्यारोपणका लागि जतिसक्दो चाँडो खर्च जुटाउन अनुरोध गरिरहेको थियो । करिब ३० लाख रुपैयाँ आवश्यक परेको परिवारले अनुरोध गरिरहँदा पनि आर्थिक संकलन हुन नसकेको हुँदा गुरुदेव कामत गाउँ फर्किनु परेको थियो ।

उनले संगीत शिक्षा दिएका विद्यार्थीहरु हजारौं छन् । दर्जनौं संगीतका संघ–संस्थाहरु भए पनि कामतको उपचारको सहयोग जुटाउन खासै पहल हुन सकेनन् । आर्थिक अभावकै कारण समयमा उपचार हुन नसक्दा यी दिग्गज संगीतकर्मी यो संसारबाट विदा हुनु परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *