शिवराज नगरपालिकाको खरको छानो हटाउने अभियान

चन्द्रौटा- कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ०७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरिएको छ ।

EPIC

नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता लगाउने कार्य भइरहेकोे छ । लुम्बिनी प्रदेश र नगरपालिकाको एक करोड ९० लाखको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

नगरका अतिविपन्न, असहाय, एकल महिला र अपांगता भएका नागरिकका घरमा रहेका खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको छ । “प्रत्येक वर्ष खरको छानो हटाउने काम निरन्तर हुने छ, दुई वर्षभित्र नगरलाई पूर्ण खरको छानोरहित बनाउने योजना छ”, अधिकारीले भने, “यस वर्ष पनि खरको छानो हटाउने काम भइरहन्छ ।”
नगरको दक्षिणी क्षेत्रका अधिकांश घरमा फुसको छानो रहेकाले आगलागीको जोखिम बढी रहेको उपप्रमुख शिवकुमारी थारुले बताइन् । वर्षेनी आगलागीका कारण धेरै जनधनको क्षति हुने गरेकाले खरको छानोमुक्त बनाउने योजना अघि सारिएको जनाइएको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar