शिवसताक्षीका प्रधानको मलेसियामा हत्या, हत्या गरि नेपाल भाग्दै गरेका साहा विमानस्थलमा पक्राउ

झापा शिवसताक्षी नगरपालिका-३ बस्ने ४० वर्षीय धनबहादुर प्रधानको मलेसियामा हत्या भएको छ । मलेसियाको हर्ता मेन्टेनेन्स कम्पनीमा कार्यरत प्रधानलाई उनीसँगै काम गर्ने महोत्तरीको गौशाला- ५ का २४ वर्षीय अनिलकुमार साहा कलुवारले गत मङ्सिर २५ गते हत्या गरेका हुन् ।

मलेसियामा हत्या गरी भागेका साहालाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रधान विगत एक वर्षदेखि सो कम्पनीमा कार्यरत रहेका थिए । हत्या गरेर नेपालतर्फ भागेको जानकारी पाएपछि प्रधानकी श्रीमती उमा धिमाल प्रधानले इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेकी थिइन् । त्यसपछि आफूहरूले पत्रसहित नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख, प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

साहालाई काठमाडौँ प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो।उनी आफ्नो हुलिया बदली हिमालयन एयरलाईन्सबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन्।मृतककी श्रीमतीको जाहेरी लिई ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी कुमोध ढुङ्गेलले बताए। प्रधान गत वर्षको कात्तिकमा मलेसिया गएका थिए । महिनाको १ लाख २५ हजार रुपैयाँ कमाई गरेका प्रधानले वैदेशिक रोजगारीबाटै परिवार पाल्दै आएका थिए । उनका ४ जना छोराछोरी रहेको बताइएको छ । मृतकको शवलाई नेपाल ल्याउने पहल भइरहेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *