शिवसताक्षी। झापाको शिवसताक्षी नगरपालिकामा बिहीबार एक किशोरीले झुन्डिएर आत्महत्या गरेकी छिन्।
आत्महत्या गर्नेमा शिवसताक्षी नगरपालिका ९ घर भएका प्रशान्त राईकी अन्दाजी १८ बर्षिया छोरी अनुकला राई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिहिबार आफ्नै घरको कोठामा रहेको सखुवा काठको बलोमा सुतिको तन्नाले पासो लगाएर आत्महत्या गरेकी थिइन्। झुन्डिएको अवस्थामा रहेकी उनलाई उनका भाईले देखेपछि आमालाई खबर गरेपछि आमाले तन्ना काटेर घाटमा राखेता पनि उनको मृत्यु भइसएको थियो। घटना घटेको थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय झिल्झिले खटिएको क्युआरटी टोली घटनास्थल पुगेको थियो।
हाल उनको शवलाई शव परिक्षणका लागी दमकस्थित आम्दा अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।